भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

बैतडी । जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सिसीटिभी क्यामेराबाट थाहा भइरहेको हुन्छ । त्यसको कन्ट्रोल प्रहरीसँग भएकाले केही अवाञ्छित क्रियाकलाप भएमा तुरुन्त एक्सन लिन सजिलो हुन्छ ।” नगरपालिकाको बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो । यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उहाँले बताउनुभएको छ ।

पाटन बजार क्षेत्रमा विसं २०७३ मा १३ ठाउँमा रु १३ लाख ५० हजारको लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो । सङ्घीय सरकारको रु १० लाख, पाटन नगरपालिकाको रु दुई लाख र स्थानीयको रु डेढ लाखमा सौर्य सडक बत्ती जडान गरिएको थियो । यस्तै करिब रु पाँच लाखमा विसं २०७६ को असारमा पाटन बजारका ११ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएका थियो ।

४७९ जनाले कोरोना जिते

बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै दशरथचन्द नगरपालिकाका पनि ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ७४ ले कोरोना जितेका छन् । यसका साथै पञ्चेश्वर गाउँपालिकाका ६२, सिगास गाउँपालिकाकाका ५५, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाकाका ४८, मेलौली नगरपालिकाका ४७ जनाले पनि कोरोना जितेका छन् । सूर्नया गाउँपालिकाका ३५, पुर्चौडी नगरपालिकाका १९, डिलाशैनी गाउँपालिकाका १२ जना सङ्क्रमित डिस्चार्ज भएका बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो ।  जिल्लाको दशरथचन्द नगरपालिकामा आठ, पाटन नगरपालिकामा छ, सूर्नया गाउँपालिकाका चार, पञ्चेश्वर गाउँपालिकाका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका भने कोरोनाका सक्रिय सङ्क्रमित शून्य भइसकेका छन् । हालसम्म बैतडीका छ हजार ४८२ को पिसिआर परीक्षण गरिएको छ ।

कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै

तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ । दशैँ र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन् । जिल्लाका विभिन्न राजमार्गमा हाल सवारी साधन यात्रुको घुइँचो लाग्ने गरेको मुस्याचौरका व्यापारी मानबहादुर टेरले बताउनुभयो । कोरोना कहरका कारण विगतका वर्षहरुमा जस्तो भीडभाड नभए पनि फर्कनेको सङ्ख्या भने साधारण अवस्थाको भन्दा बढी रहेको टेरको भनाइ छ । विभिन्न रोजगारीका सिलसिलामा रहेका तिहार सकिएलगत्तै आफ्नो कर्मथलो फर्किन थालेका हुन् । यसका साथै पढाइका लागि जिल्ला बाहिर रहेका पनि फर्करहेका हुन् । कोरोना कहरका कारण गत विगतको जस्तो दशैँ र तिहारको रौनक पनि नभएको उनीहरुको भनाइ रहेको छ । अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डको पालना गर्दै यात्रा गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.