भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

केकी र मनोज फिचर्डकाे ‘यो माया के हो’ सार्वजनिक

केकी र मनोज फिचर्डकाे ‘यो माया के हो’  सार्वजनिक

काठमाण्डौं । मलेशियामा बसेर विभिन्न संगीत सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याउदै आएका गीतकार राम कृष्ण महरा र उत्पादक गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत यो माया के होको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ। गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ९ आयुष ० र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।

 

 

 

 

 

 

गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

भिडियाे हेर्रनुहाेस्…………….

 

 


Thali Mobile Pvt.Ltd.