सडक दुर्घटना हुँदा न्युयोर्कमा १८ जना घाइते

सडक दुर्घटना हुँदा न्युयोर्कमा १८ जना घाइते

एजेन्सी । सार्वजनिक यातायातको बससँग अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस ठोकिदा १८ जना घाइते भएका छन् । दुर्घटना लगतै दुइतले सार्वजनिक बसमा सवार अन्य यात्रुहरु च्यापिएका कारण उद्धारमा कठिनाई भएको समाचारमा उल्लेख गरिएको छ ।

दुर्घटनापछि न्युयोर्कको यातायात सेवा केही बेरका लागि अवरुद्ध बनेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युयोर्कको डाउनटाउन म्यानहट्टनमा भएको दुर्घटना घाइतेहरु मध्ये अधिकांशको हात खुट्टा भाँचिएको छ ।

 


Thali Mobile Pvt.Ltd.