सडक मर्मतका लागि भीमदत्त राजमार्ग विहिबार ६ घण्टा बन्द हुने

सडक मर्मतका लागि भीमदत्त राजमार्ग विहिबार ६ घण्टा बन्द हुने

डोटी । बिहीवार ६ घण्टाका लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द हुने भएको छ । सडक मर्मतका लागि १२ बजेदेखि बेलुका ६ बजेसम्मका लागि राजमार्ग बन्द हँनु भएको हो ।

पहिरोका कारण सोमवारदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको अभाव हुँदै आएको छ । गाडी चल्न बन्द भएका कारण यात्रुहरुले पनि निकै सास्ती भोग्दै आएका छन् ।

साउन २२ गते सोमवार पहिरोले भासिएको गोदावरी नगरपालिका–४ को बुढीतोलामा सडक डिभिजन कार्यालय महेन्द्रनले पहिरो हटाए पनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न लागिएको हो ।

हिलोका कारण यातायातका साधन फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत् निकास दिइने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.