भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्ता जोगाउँन सांसद वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको खुलासा

सत्ता जोगाउँन सांसद वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको खुलासा

दाङ । मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले आरोप लगाएकी छन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा आएकी वलीले आफ्नो सरकार जोगाउन बन्धक बनाएको बताएकी हुन । एमाले संसदीय दलले निकालेको विज्ञप्ति झुटो भएको सांसद वलीले दावी गरिन् ।

वलीलाई बन्धक बनाएको प्रदेश सांसद दामा शर्माले बताएकी छन् । उनले भनिन्, ‘सांसद वलीलाई मुख्यमन्त्रीकै कार्यालयमा बन्धक बनाइएको रहेछ । ठूलो प्रयासपछि बुधबार हाम्रो सम्पर्कमा आउनुभएको छ ।’

वलीसँग सम्पर्कमा रहेकी माओवादी केन्द्रकी प्रदेश सांसद दामा शर्माको यो भनाइले बन्धक बनाउने मुख्यमन्त्री पोखरेललाई कारबाही गरिनु पर्ने आवाज उठिरहेको छ । सांसद वलीले एमाले प्रवेश गरेको भनी सार्वजनिक विज्ञप्ति झुटो रहेको दाबी गरेकी छिन् ।

घटनाक्रमको नालीवेली बिहीबार (आज) पत्रकार सम्मेलनमा गर्ने वलीले बताएकी छन् । आफूलाई एमालेका स्थानीय नेताहरूले उपचारका लागि दाङबाट नेपालगन्ज लैजाने भन्दै बुटवल पुर्‍याएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको दाबी वलीको छ ।

 


Thali Mobile Pvt.Ltd.