दाङ । मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले आरोप लगाएकी छन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा आएकी वलीले आफ्नो सरकार जोगाउन बन्धक बनाएको बताएकी हुन । एमाले संसदीय दलले निकालेको विज्ञप्ति झुटो भएको सांसद वलीले दावी गरिन् ।
वलीलाई बन्धक बनाएको प्रदेश सांसद दामा शर्माले बताएकी छन् । उनले भनिन्, ‘सांसद वलीलाई मुख्यमन्त्रीकै कार्यालयमा बन्धक बनाइएको रहेछ । ठूलो प्रयासपछि बुधबार हाम्रो सम्पर्कमा आउनुभएको छ ।’
वलीसँग सम्पर्कमा रहेकी माओवादी केन्द्रकी प्रदेश सांसद दामा शर्माको यो भनाइले बन्धक बनाउने मुख्यमन्त्री पोखरेललाई कारबाही गरिनु पर्ने आवाज उठिरहेको छ । सांसद वलीले एमाले प्रवेश गरेको भनी सार्वजनिक विज्ञप्ति झुटो रहेको दाबी गरेकी छिन् ।
घटनाक्रमको नालीवेली बिहीबार (आज) पत्रकार सम्मेलनमा गर्ने वलीले बताएकी छन् । आफूलाई एमालेका स्थानीय नेताहरूले उपचारका लागि दाङबाट नेपालगन्ज लैजाने भन्दै बुटवल पुर्याएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको दाबी वलीको छ ।

