भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सन्दीप लामिछानेको कप्तानीमा नेपाली टाेली घाेषणा

सन्दीप लामिछानेको कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसीय सिरिज खेल्न नेपाली टाेली घाेषणा गरेकाे छ । क्यानले  सन्दीप लामिछानेको कप्तानीमा यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग  उक्त खेल खेल्न टोलीको घोषणा गरेको हाे ।

नेपाली टाेलीले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको खेल खेल्ने बताइएकाे छ । टोलीमा सन्दीप लामिछानेसंगै बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारी रहेको छन् ।

यता, खेल प्रशिक्षक पुबुदु दसानायकेको बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट नेपाल क्रिकेट संघ (क्यान)को छनोट समितिले अन्तिम टोलीको नाम सार्वजनिक गरेको बताइएकाे छ । एक दिवसीय खेल खेल्न जानुअघि नेपाली टोली श्रीलंकामा स्थानीय टोलीसँग चार वटा अभ्यास खेल खेल्ने बताइएको छ ।

विश्वकप लिग–२ नेपाली टोलीले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.