भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सन्दीप लामिछानेको कप्तानीमा नेपाली टाेली घाेषणा

सन्दीप लामिछानेको कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसीय सिरिज खेल्न नेपाली टाेली घाेषणा गरेकाे छ । क्यानले  सन्दीप लामिछानेको कप्तानीमा यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग  उक्त खेल खेल्न टोलीको घोषणा गरेको हाे ।

नेपाली टाेलीले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको खेल खेल्ने बताइएकाे छ । टोलीमा सन्दीप लामिछानेसंगै बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारी रहेको छन् ।

यता, खेल प्रशिक्षक पुबुदु दसानायकेको बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट नेपाल क्रिकेट संघ (क्यान)को छनोट समितिले अन्तिम टोलीको नाम सार्वजनिक गरेको बताइएकाे छ । एक दिवसीय खेल खेल्न जानुअघि नेपाली टोली श्रीलंकामा स्थानीय टोलीसँग चार वटा अभ्यास खेल खेल्ने बताइएको छ ।

विश्वकप लिग–२ नेपाली टोलीले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.