भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सबै सदस्य आफ्नै खर्चमा जाने,राज्यसंयन्त्रका कुनै कामकारवाही प्रभावित नहुने

सबै सदस्य आफ्नै खर्चमा जाने,राज्यसंयन्त्रका कुनै कामकारवाही प्रभावित नहुने

काठमाडौं । संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् । पीडितले राहत नपाएको गुनासो आएपछि समितिका ११ सदस्य राहत वितरणको अवस्था बुझ्न भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिम प्रस्थान गरेको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर गत शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिमका १ सय ५३ जनाको मृत्यु भएको थियो । भूकम्प गएको पाँच दिन बितिसक्दा पनि पीडितले राहत नपाएको गुनासो आएपछि समितिका सदस्य प्रभावित क्षेत्र जान लागेका हुन् ।

सबै सदस्य आफ्नै खर्चमा जाने र भ्रमणले राज्यसंयन्त्रका कुनै पनि कामकारवाही प्रभावित नहुने बताइएको छ । समितिले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिनेछ ।

 


Thali Mobile Pvt.Ltd.