भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सम्बन्ध विच्छेदका मुद्दा दाङमा झण्डै २४ प्रतिशत

सम्बन्ध विच्छेदका मुद्दा दाङमा झण्डै २४ प्रतिशत

दाङ । श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना दाङमा २४ प्रतिशत रहेका छन् । जिल्ला अदालत दाङमा सम्बन्धविच्छेदका मुद्दा २४ प्रतिशात हुने गरेको दाङ जिल्ला अदालतले जनाएको हो । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता कारणले बुवाआमाले सम्बन्ध विच्छेद गर्दा उनीहरुका छोराछोरीलाई नकारात्मक असर पर्ने गरेको जनाइएको छ ।

गएको आर्थिक वर्ष २०७८ र ०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरुको भनाई छ ।

सम्बन्ध विच्छेदसँगै गएको वर्ष जिल्ला अदालतमा सरकारवादी मुद्दामा सबै भन्दा बढी १ सय २९ वटा जबरजस्ती करणीका मुद्दा परेका छन् । देवानीतर्फका सबैभन्दा बढी अंश सम्बन्धी २ सय ५८ वटा मुद्दा परेको दाङ जिल्ला अदालतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.