सुदूरपश्चिम प्रदेश सरकारको नीति योजना आयोगको उपाध्यक्षमा साउद नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको नीति योजना आयोगको उपाध्यक्षमा साउद नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछाम जिल्लाका केशरबहादुर साउदलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगका अध्यक्ष एवं मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आयोगको सदस्यमा दार्चुलाका मोहनदेव बिष्टलाई नियुक्त गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

आयोगको सदस्यमा नियुक्त गरिने महिला सदस्यलाई पछि नियुक्त गरिने जनाइएको छ । यसैगरी बैठकले खप्तड पर्यटन क्षेत्र विकास समितिको अध्यक्षमा डोटी जिल्लाका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । समितिको सदस्यमा अछामका लक्ष्मण खड्का, डोटीका हरिपाल थापा र मनिषा धानुक तथा बाजुराका गणेशबहादुर शाहीलाई नियुक्त गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.