काठमाडौं । सर्वोच्च अदालतमा एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट दायर भएको छ । गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दिएका हुन । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले
डिआईजी बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि उक्त निर्णयको खिलापमा कार्की सर्वोच्च पुगृका हुन । सर्वोच्च स्रोतले उक्त रिटमा चैत २० गते सुनुवाई हुने जानाएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएको उल्लेख गएिको छ ।
