भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

विद्यालय सञ्चालनबारे सरोकारवालासँग छलफल, हतार नगर्न सुझाव

विद्यालय सञ्चालनबारे सरोकारवालासँग छलफल, हतार नगर्न सुझाव

भक्तपुर । कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका सरोकारवालाहरूसँग छलफल भएको छ ।

छलफलमा नगर प्रमुख प्रजापतिले सरकारले सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने हुँदा नगरपालिकाले सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल अगाडि बढाइरहेकोे बताए ।

कोभिड १९ को जोखिम बढिरहेको वर्तमान अवस्थामा संक्रमणको जोखिमलाई मूल्यांकन गरी विद्यालयमा विद्यार्थीहरूको उपस्थितिमा कक्षा सञ्चालन गर्नु थप जोखिम मोल्नुपर्ने आशंका व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले अनलाइन कक्षालाई परिस्कृत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागी शिक्षक संगठनको प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न हतार नगर्न सुझाव दिए ।

छलफलमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूले लामो समयदेखि बन्द रहेको विद्यालयहरू सञ्चालन गर्नुपूर्व कक्षाकोठाहरू निर्मलीकरण गर्नुपर्ने, जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णतः पालना गर्नुपर्ने, वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै लानुपर्ने, कक्षा अवधिको समय छोट्याउने वा हप्तामा केही दिन वा केही घण्टा गरी कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षामा सहभागी नभएका विद्यार्थीहरू सामाजिक दुरी कायम गरी विद्यालयमा कक्षा लिन सकिनेलगायतका विकल्पहरू रहेको बताए ।

विद्यार्थी संख्यालाई आधार मानेर चरणबद्ध विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने, शिक्षकहरूलाई प्रविधियुक्त बनाउन आइसीटी तालिमलाई निरन्तरता दिनुपर्ने, विद्यालय सञ्चालन गर्ने विषयमा अभिभावकबीच अन्तरसंवादको खाँचो औंल्याए । छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला, विद्यालयस्तरीय परीक्षा समितिका प्रतिनिधिहरु, संस्थागत विद्यालय संघ (इसान), प्याब्सन र एन.प्याब्सनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.