भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सरकारी मूल्यमा गहुँ खरिद शुरु

सरकारी मूल्यमा गहुँ खरिद शुरु

वीरगन्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री गर्न थालेको किसान विजय पण्डितले बताउनुभयो ।

सङ्घीय सरकारले यस वर्ष तीन हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । पहिलो दिन मङ्गलबार ४० क्विन्टल गहुँ खरिद गरिएको कार्यालय प्रमुख विकास कटुवालले राससलाई बताउनुभयो । संस्थानले एक किसानसँग बढीमा ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताउनुभयो ।अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल रु तीन हजार रहेको छ ।

स्थानीय मैदा मिलहरूले प्रतिक्विन्टल रु तीन हजार १०० का दरले किसानसँग खरिद गर्दै आएका छन् । पर्सामा यस वर्ष किसानहरुले २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले सोना मन्सुली धान ३५ हजार क्विन्टल र जिरामसिनो धान ११६ क्विन्टल खरिद गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.