सशस्त्र समूहले गोली चलाउँदा प्राध्यापकसहित तीन जनाको मृत्य

सशस्त्र समूहले गोली चलाउँदा प्राध्यापकसहित तीन जनाको मृत्य

अफगानिस्तान । दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेको आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित तीनको मृत्यु भएको छ । नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी हत्या गरेको हुन् ।

साहित्य संकायका अध्यापनरत प्राध्यापकमाथि कर्तव्यपालनाका शिलशिलामा विश्वविद्यालयतर्फ जाँदै गर्दा आक्रमण भएको थियो । त्यस्तै छिमेकी लोगर प्रान्तमा बाराकी बाराक जिल्लाका जिल्ला प्रमुखका भाइ र एक सुरक्षा गार्डको सोमबार राति गोली हानी हत्या भएको थियो ।

आक्रमणकारीहरूले जिल्ला प्रमुखलाई मार्न खोजेका थिए तर हमलाको समयमा उनी घरमा नभएका कारण भाइमाथि हमला गरेको हुनसक्ने बताइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.