भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साक्षर जिल्ला घोषणा

साक्षर जिल्ला घोषणा

काठमाडौँ । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जनाएको छ । मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।”

 


Thali Mobile Pvt.Ltd.