भर्खरै : Sorry, your browser does not support inline SVG.

सागको मूल्य किलोको २ सय रुपैयाँ

सागको मूल्य किलोको २ सय रुपैयाँ

काठमाण्डौ । बजारमा तरकारी जन्य वस्तु मुल्य आकाशिएको छ । काठमाण्डौको बजारमा हरियो तरकारीको मूल्य लगातार बढेको हो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमै बोडी किलोको १२० देखि १४० रुपैयाँ थोक मूल्य रहेको जनाइएको छ । ब्रो काउली र बरेला किलोको १५० देखि २ सय रुपैयाँ, भटमासको कोसा एक सय देखि १२० रुपैयाँ, स्थानीय काउली किलोको ७० देखि ८० रुपैयाँ, गाजर १३० देखि १५०, गान्टे मुला ८० देखि ९० रुपैयाँ, घिउसिमी ८० देखि ९० रुपैयाँ, घिरौँला ७० देखि ८० रुपैयाँ, चम्सुरको साग २२० देखि २५० रुपैयाँ, रायोको साग १८० देखि २ सय रुपैयाँ, टाटेसिमी १४० देखि १६० रुपैयाँ थोक मूल्य रहेको छ ।

स्कुस, मुला, बन्दा र गोलभेँडाको भाउ केही सस्तो छ । ठूलो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ, टनेलको सानो गोलभेँडा किलोको ३२ देखि ३७ रुपैयाँ, स्थानीय सानो गोलभेँडा किलोको २० देखि ३० रुपैयाँ, रातो मुला किलोको ४० देखि ५०, सेतो मुला २० देखि २५ रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, स्कुस १५ देखि २० रुपैयाँ र हरियो फर्सी किलोको २० देखि ३० रुपैयाँ थोक मूल्य छ ।

 

 


Thali Mobile Pvt.Ltd.