भर्खरै : Sorry, your browser does not support inline SVG.

सात वर्षपछि लिगको फाइनलमा

सात वर्षपछि लिगको फाइनलमा

४ भदौ २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३–० ले पराजित गरेको हो । २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।

पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई पराजित गरेको थियो । खेल सकिन दुई मिनेट अघि रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ३–० को जित हात पारेको हो । बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.