भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

आदेश उल्लंघन गर्नेलाई उपत्यकामा यसरी गरिदै छ कारबाही

आदेश उल्लंघन गर्नेलाई उपत्यकामा यसरी गरिदै छ कारबाही

४ भदौ २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले एक हप्तासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

आदेशको कडाई पूर्वक कार्यान्वयन गराउन ठूलो संख्यामा सुरक्षाकर्मी सडक, गल्ली, चोक चोकमा परिचालन गरिएको छ । उक्त आदेशको उलंघन गर्नेलाई चेतावनी सहित उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया पनि थालेका छन् । प्रहरीले पनि कडाईपूर्वक नियमको पालना गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई प्रहरीले होल्डिङ सेन्टरमा उभ्याएर छाड्ने गरेको छ । जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई लामो समय होल्डिङ सेन्टरमा उभ्याउने गरेको हो । अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन आदेश जारी गरेपछि पसल पनि बिहान सात बजेसम्म मात्रै खोल्ने र बन्द गर्ने गरिएको छ । भीडभाड अधिक हुने उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सडकहरु अहिले सुनसान छन् ।

 


Thali Mobile Pvt.Ltd.