सिन्धुली । सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध भएको छ । सडक हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको हो ।
प्रादेशिक सडक डिभिजन कार्यालयले पहाडी क्षेत्रमा सडक विस्तार गर्ने क्रममा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित दोहन गर्न थालेपछि वातावरणीय विनास र भुक्षयको समस्या बढेको गुनासो बढ्दै गएको छ । सुनकोशी गाउँपालिका धोद्रेमा ठुलो पहिरो गएका कारण उक्त सडकमा यातायातका साधनहरु संचालन हुन नसकेको जनाइएको छ ।
