भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसंघ । सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसको निन्दा पनि गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराउनुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.