भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सीता दाहालमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार

सीता दाहालमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार

काठमाडौँ, । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उहाँ कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.