भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सीता दाहालमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार

सीता दाहालमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार

काठमाडौँ, । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उहाँ कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.