काठमाडौं । आइतबार साताको पहिलो दिन बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
