सूर्यविनायक नगरपालिकामा फोहर वर्गिकरण अभियान सुरु

सूर्यविनायक नगरपालिकामा फोहर वर्गिकरण अभियान सुरु

भक्तपुर । सूविनायक नगरपालिकाले नगरपालिकाको वडा नं ४ दधिकोटबाट फाहोर वर्गिकरण अभियानको सुरु गरेको छ । शनिबार सूर्यविनायक नगरपालिकाले माघ १ गते देखि लागु हुने गरी वडा नं ४ को हर्षचोकबाट उक्त अभियान सुरु गरेको हो ।अभियानमा सूर्यविनायक नगरपालिका र नेप्सेम्याकको सहकार्य रहेको छ ।

अभियानको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा सूर्यविनायक नगरपालिका वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले फोहरमैला व्यवस्थापन गर्न नगरवासी नागरिक जागरुक हुदै फोहोरको उचित व्यवस्थापन गर्न मत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।

उनले नगरका सबै घरहरुमा फोहोर वर्गिकरणका विभिन्न अभ्यासहरु गर्दै जनानुपर्ने बताउदै आम नगरबासीलाई सचेतनाका साथ काम गर्न आग्रह समेत गरे । नगरको फोहोरलाई वैज्ञानिक ढंगले विसर्जन गर्न नगरका नागरिक नै पहिले लाग्नुपर्ने उनको तर्क छ ।

फोहोरमैला वर्गिकरणको अभियानलाई व्यवस्थित ढंगले अगाडी बढाउन आग्रह गदै नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौलागाईले नगरपालिकाका सबै वडाहरुमा चाडै फोहोर वर्गिकरणको अभियान सञ्चालन गर्ने जानकारी दिए । उनले वर्षायाम शुरु हुनसाथ फोहोर व्यवस्थापन गर्न लैजाने वञ्चरेडाँडामा पुग्न समस्या हुने हुँदा फोहोरमैला वर्गिकरणलाई बैज्ञानिक ढंगले गर्दा सहज हुने बताए ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लक्षुराम न्यौपाले,वडा नं ९ का वडाध्यक्ष भवान खत्री, वडा नं.४ को वडा सदस्य तारा सापकोटा लगायतका जनप्रतिनिधि र सरसफाई अभियान्ता गोविन्द आचार्य लगायतका अभियान्ताहररुको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.