भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा वडा नम्बर ३ मुर्गियास्थित कभर्ड हलमा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको हो ।  प्रतियोगिताको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्दै यस वर्ष वडा नम्बर ६ मा पनि लुम्बिनी प्रदेशको सहयोगमा व्यवस्थित कभर्ड हल निर्माण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगर एउटा खेल पर्यटनको हिसाबले पनि विकास होस् भन्ने उद्देश्यसहित क्रिकेट एकेडेमी, फुटबल स्टेडियम, कभर्ड हलका कामहरु अघि बढ्नाका साथै खेल मैदानहरु स्तरोन्नति भइरहेको छ । ”

रुपन्देही ब्याडमिन्टन संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठले प्रतियोगिताले स्थानीयस्तरका खेलाडीलाई राष्ट्रियस्तरको बनाउन ठूलो भूमिका खेल्ने धारणा राख्दै तीनै तहका सरकारलाई खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता फडिन्द्र शर्मा र नेकपा सैनामैना इञ्चार्ज खुशीराम चौधरीले ब्याडमिन्टन प्रतियोगितामा महिलालाई पनि प्राथमिकता दिएर सँगसँगै अगाडि बढाउन सुझाव दिनुभयो । राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन संघका प्रमुख प्रशिक्षक सुदीप योन्जन र संघका रेफ्री उदय अर्यालले खेलाडीका तर्फबाट शपथ लिनुभएको थियो ।

नगरपालिकाको रु एक करोड ६ लाख, जिल्ला खेलकुद विकास समितिको रु १० लाख, जिल्ला समन्वय समितिको रु १० लाख तथा जनश्रमदानबाट रु पाँच लाख गरी कूल रु एक करोड ३१ लाखका लागतमा सैनामैना ब्याडमिन्टन कभर्ड हल निर्माण गरिएको थियो । उक्त हलमा शुरु भएको राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ५० समूहको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिनुभयो ।  राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमश ः प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र तथा भेट्रानतर्फ क्रमशः प्रथम रु ३० हजार, द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । रासस

 


Thali Mobile Pvt.Ltd.