भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सैनिक अखाडाबाटै राष्ट्रपतिले दिए राजीनामा

सैनिक अखाडाबाटै राष्ट्रपतिले दिए राजीनामा

३ भाद्र २०७७ एजेन्सी । मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन् । सैनिकको कब्जामा परेपछि उनले सैनिक अखाडाबाट त्यस्तो घोषणा गरेको संचारमाध्यमले जनाएका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद्‍ पनि भङ्ग गरेको बताएका छन् ।

“म आफूलाई शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहन्छु।” राष्ट्रपति केयटाले भने । उनको त्यस्तो घोषणा उनी र प्रधानमन्त्रीसहित अन्यलाई सैनिकले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगेपछि आएको हो । सैनिक कू घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ ।

राष्ट्रपति इब्रहिम केयटालाई सैनिकले गिरफ्तार गरेको सरकारले जनाएको थियो । प्रधानमन्त्री बूबू सीशेलाई पनि सैनिकले पक्राउ गेको छ । मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको छ । सो स्थानमा मङ्गलवार गोली चलेको थियो । कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन् ।

उनीहरूलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका थिए। त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन्। सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको बीबीसी संवाददाता अब्दुल बाले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.