भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

सैनिक कार्गाे जहाज दुर्घटना चारको मृत्यु

सैनिक कार्गाे जहाज दुर्घटना चारको मृत्यु

एजेन्सी । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो ।

यहाँको सैनिक कार्गाे विमान दुर्घटनामा परेको थियो । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो । त्यस दुर्घटना कार्गाे विमानको परीक्षण उडानका बेलामा भएको बताइएको छ ।

सो जहाज कार्गाे जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो । त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका छन् ।

सो दुर्घटनामा परेर घाइते भएका उडान दलका सदस्यहरुलाई अस्पताल पु¥याइएको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.