भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

मोगादिसु, । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ ‘‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ । यसैबीचमा केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ । ’’ यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो ।

यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा हेर्नुपर्ने अवस्था रहेको पनि उहाँले बताउनुभएको छ । यहाँ कुपोषण देखा परेका बालबालिकाको सङ्ख्यामध्ये करिब चार लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ ।

यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । गएको जनवरीदेखि यतासम्मको तथ्याङ्कमा यहाँका सात सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.