भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

काठमाडौँ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ । जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकामा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.