स्पेन । क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारिएको छ ।
झन्डै १० अर्ब रुपैयाँको सो गार्डेन बनाउने योजना अघि सारेको हो । गार्डेनमा ४० मिटर अग्लो बुद्वको मूर्ति राखिने भएको हो । स्पेन सरकारको पूर्ण सहयोग र समर्थनमा दुई वर्ष भित्रै शिलान्याससँगै निर्माणको काम थाल्ने बताइएको छ ।
१० वर्षभित्र परियोजना सम्पन्न गर्ने योजना रहेको छ ।
