भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

काठमाडौं । स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने रु’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

“मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो । उहाँले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्नु दुःखद कुरा भएको बताउनुभयो । सञ्चारकर्मीले समाचार सङ्कलनका लागि ठूलो मिहिनेत गरे पनि समाचार सङ्कलनका लागि ठूलो चुनौती रहेको उहाँको भनाइ थियो । जोन हप्किन्स विश्वविद्यालय अमेरिकाका डा विशाल भण्डारीले मानसिक र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँदै स्वास्थ्य मापदण्डलाई अपनाएर पत्रकारिता गर्न आम सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

“अस्पताल क्षेत्रमा समाचार सङ्कलन गर्न जाँदा पत्रकारले मास्क, स्यानिटाइजर लगाएर पत्रकारिता गर्दा आवश्यक सञ्चार सामग्रीलाई डी इन्फेक्शन गर्नुपर्छ”, उहाँले भन्नुभयो । अस्पतालमा समाचार सङ्कलन गर्दा चिकित्सक, नर्सलाई प्रश्न सोधेर डिस्टर्ब गर्न नहुने उहाँको भनाइ थियो । उहाँले सञ्चारकर्मीलाई अन्तर्वार्ता लिँदा बन्द कोठाभन्दा बाहिरी वातावरणमा लिन राम्रो हुने उल्लेख गर्नुभयो ।

डा भण्डारीले अहिलेको भेरियन्ट चाँडो फैलिन सक्ने तथ्याङ्क सार्वजनिक भएकाले सचेत रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारको पेशागत सुरक्षा र स्वास्थ्य सुरक्षाका लागि प्रतिष्ठान प्रदेशले निरन्तर आवाज उठाउँदै जाने बताउनुभयो । उहाँले कोभिडको महामारीका समयमा जोगिएर पत्रकारिता गर्न सबै श्रमजीवी पत्रकारलाई आग्रहसमेत गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.