लकडाउनले थनथिलो भएको छ काठमाडौं । ‘कोभिड–१९’ महामारीको त्रासले नेपाल मात्र होईन, संसारकैे दैनिक क्रियाकलाप लगभग शुन्यतामा गएको छ । कोरोना कहरमा नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि अपनाएको १२० दिनको लकडाउन खुकुलो पारेको छ । विभिन्न व्यपार व्यवसायीमा लागेकाको मात्रै होइन, सबैका आर्थिक गतिविधि लगभग ठप्प छन् । ‘मानिस रोगले भन्दा भोकले’ मर्ने अवस्था आउन थालेकाे छ भन्ने भनाई विभिन्न कोणबाट उठ्न थालेको छ । लकडाउन खुलेपछि कैलाश खबरले होटल व्यवसायीका समस्या कस्ता छन् ? कसरी समस्या समाधान गर्न सकिएला ? लकडाउन खुलेपछिको अवस्था कस्ताे छ ? यही बारेमा होटल व्यवसायीहरुको छाता संगठन, होटल संघ नेपाल (Hotel Association Nepal) का उपाध्यक्ष तथा एयरपाेर्ट हाेटलका संचालक विनायक शाहसंग अर्थतन्त्र थनथिलो भएको अवस्थालाई कसरी उकास्न सकिन्छ ? लगायत विविध आयामका बारेमा कुराकानी गरेका छौं ।
यहाँलाई स्वागत छ ।
धन्यवाद ।
महामारीका कारण भएको १२० दिनको लकडाउनमा कस्ता समस्या भोग्नु भयो ?
सबै क्षेत्रबाट समस्याका पहाड छन् । गएको वर्ष चाइनीज नयाँ वर्ष भएकाले धेरै चाइनीज बुकिङ्ग थियो । त्यहि बेला लकडाउन भयो । कर्मचारीको तलव सुविधा, बैंकको ऋिण तिर्नुपर्ने अवस्था, कतिपयले भाडामा होटल संचालन गरेका छन्, त्यो तिर्नु पर्नेको समस्या छ । यहि अवस्थामा लकडाउन चुलिदै गयो भने अवस्था गाह्रो हुने निश्चित छ । एक दुई महिनामा तंग्रीने भए त ठिकै हो । एक दुई वर्ष लम्बिने भयो भने र संचालनमा रोक लगाए धरासायी हुने अवस्था छ ।
लकडाउन हटाएर साउन १५ देखि होटल व्यवसाय संचालनमा आएपछिको आशा जागेको छ कि के छ ?
अहिले व्यापार आउला भनेर संचालन गरेको होइन । हाम्रो पर्यटन, होटल उद्योग भनेको प्लानिङ्गमा भर पर्ने भएकाले ६ महिन एक वर्ष पछि आउने कलाइन्टहरुले अहिले देखि नै इन्क्वाईरी गरिरहेको हुन्छ । हामीले होटल खुल्यो भनेर देश विदेशमा म्यासेज छोड्न सक्यौं । देश विदेशसंग नेटवर्किङ्ग हुन्छ । कोभिड संगसंगै व्यवसाय संचालन गर्नु पर्छ । त्यहि अनुसार अघि बढीरहेका छौं । प्लानिङ्ग अनुसार सुरक्षा मापदण्ड अपनाएर संचालन गरेका छौं । कोभिड कतिलामो हुन्छ ? कसैलाई थाहा छैन । यसलाई एउटा रोगको रुपमा लिएर यसबाट बचेर जीवनयापन संगसंगै होटल पनि संचालन गर्नु पर्छ ।
तपाईहरुको छातासंगठन होटलसंघ नेपालले कसरी हेरिरहेको छ ?
अहिलेको अवस्था कसरी भनेको कसरी खर्च घटाउने ? भन्ने नै हो । हामीसंग काम गर्ने कर्मचारीको परिवार पनि जोडिएकोले उनीहरुको जीवनयापन हामीले हेर्नु पर्ने भएकाले ट्रेड युनियनसंग सम्झौता गरे अनुसार नै गरेका छौं । निश्चित अमाउन्ट काम गरेपनि नगरेपनि त्यसले राहत पुग्छ । त्यसको अलिअलि भएपनि व्यवस्था गरिएको छ । एयरपोट खुल्ने कुरा पनि छ ।
होटल क्वारेन्टाइनको कुरामा पनि केहि सेवा दिन सक्छौं । सरकारले ल्याएको मौदृक नीतिले पनि केही सहज बनाउला भन्ने लागेको छ । नेपाल सरकारले आन्तरिक पर्यटन कसरी बढाउने ? भन्ने प्लान पनि ल्याएको छ । यसले पनि केही कुरामा सहज त होला । अझै अन्यौल छ । काठमाडौंमा मात्रै होइन, नेपाल भरी संक्रमण बढीरहेको छ । सुरक्षाका सबै उपाय अपनाएर होटल क्वारेन्टाइन पनि गर्नु परे गर्नु पर्छ । सबैभन्दा पहिला त महामारीबाट बाँच्नु प¥यो । सर्वाएवल र रिवायवल कसरी गर्न सकिन्छ सरकारले प्रोत्साहन गर्नु पर्छ । २०२१ देखि केही सहज हुन्छकी भन्ने होटल संघलाई लागेको छ ।
हामी एयरपोर्ट होटलमा छौं, यो कसरी संचालन भैरहेको छ ?
नेपाल सरकार र विश्वस्वास्थ्य संगठन (who) को स्वास्थ्य पोर्टकल अनुसार हामीले होटल संचालन गरेका छौं । यहाँ आउने गेष्टको टेम्प्रेचर म्यान्टेन देखि रुम सम्मको स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अवलम्वन गरेर सेवा दिनथालेका छौं । हामी एयरपोर्ट नजिकै छौं । एयरपोर्ट खुल्यो भने यहाँ बस्ने कर्मचारी, भन्सार, ट्राभलका कुराहरु ल्गायत प्यासेन्जरहरुका लागि केही सेवा दिन सक्छौं ।
हस्पीटालिटिका आवाश्यक्ता परिपुर्ती गछौं । होटल राम्रो मात्रै भएर भएन, पोर्टकल कसरी म्यानटेन गरेको छ त ? कोभिडबाट बच्नका लागि त्यो महत्वपूर्ण हो । संक्रमणबाट बचाउन विश्वास दिलाउन जरुरी छ । स्यानीटाइज, मास्क, टेम्प्रेचरलागायत सवै सुरक्षा अपनाएर व्यवसाय संचालन गरेका छौं । गेष्टहरुले पनि संक्रमणबाट बच्न सक्छु भन्ने विश्वास दिन सक्नु पर्छ ।
कोरोना संगसंगै जीउने अभ्यास पनि भैरहेको छ, अब व्यवसायसंगै अर्थतन्त्र बढाउन महत्वपूर्ण के कुरामा ध्यान दिनु पर्ला जस्तो लाग्छ यहाँलाई ?
कोरोनासंग संगै हामी बाच्ने हो । यसबाट कसरी बच्न सकिन्छ ? ध्यान दिएर व्यवसाय अगाडि नबढाएर सुखै छैन । समयमै काम गरेनौं भने हामी धेरै पछि धकेलिन्छौं । कोरोनाबाट अलग भएर बस्न सकिएला जस्तो त लाग्दैन । सुरुवातमा डोमेस्टिक टुरिज्म नै सुरु गर्नु पर्छ । संसारका सबै राष्ट्रले पनि यस्तै नीति अवलम्वन गरेका छन् । आन्तरिक टुरिज्मलाई नै सबैले अपनाएका छन् ।
छिमेकी मुलुकमा होटल, टुरिजम सेक्टर खुलिसकेका छन् । नेपालमा पनि घुम्ने मानिस धेरै छन् । आन्तरिक टुरिजमका लागि यसक्षेत्रसंग सम्बन्धित सबैसंग सहकार्य थालिसकेका छौं । नेपाल घुम्न चाहने विदेशी पाँच, सात प्रतिशत बुकिङ्ग अझै छ । एयरपोर्ट खुल्ने वित्तिकै उनीहरुपनि आउलान् । दुःख परेको बेला आत्तिएर भएन यसलाई जितेर संगठित भएर अघि बढ्नु पर्छ । यसको विकल्प छैन । यही नै समयको माग हो ।
अर्थतन्त्र थनथिलो भएको अवस्थामा मजवुत बनाउनका लागि अन्तमा के भन्नु हुन्छ ?
सरकारले अर्थतन्त्रको पाटो, नागरिकको जीवनयापन हेरेर नीजिक्षेत्रसंग सहकार्य गरी केही खुकुलो बनाउनै पर्छ । नीजिक्षेत्र एकजुट छ ।
समस्या समाधानमा सरकार र नीजिक्षेत्र एक ठाउँमा उभिएर समस्याको हल खोज्नु पर्छ । समयको अहिलेको माग यहि हो । कतिपय गतिविधि सरकारकारले सच्याउन जरुरी छ । नागरिकको जीवनयापनमा धेरै समस्या छन् । संक्रमणबाट पनि बच्ने र संगसंगै इकोनोमी हेरेर नीजिक्षेत्रलाई प्रोतसाहन दिएर अघि बढ्नु पर्छ ।
आर्थिक अवस्था उकास्न नीजिक्षेत्र एकजुट भएको छ । यसमा सरकारले साथ दिनै पर्छ ।
महत्वपूर्ण विचार र समयका लागि कैलाश खबरका तर्फबाट यहाँलाई धन्यवाद ।
कोरोना महामारीले बढी असर गरेको होटल व्यवसायीका पीडा र समस्याका बारेमा जान्ने र सरोकारवाला निकायसम्म पु¥याउने अवसर दिएकोमा कैलाश खबर परिवारलाई विशेष धन्यवाद ।
