भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

टीकापुरका युवा समूहबीच झडप, धारीलाे हतियार प्रहार हुदा तीन जनाको अवस्था गम्भीर

टीकापुरका युवा समूहबीच झडप, धारीलाे हतियार प्रहार हुदा तीन जनाको अवस्था गम्भीर

२५ साउन २०७७ कैलाली । टीकापुरमा युवा समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप भएको प्रहरील बताएको छ ।

झडपमा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएका छन् । दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए ।

टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेको घटनास्थलबाट प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.