भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हराइरहेकी महिलाको शव पोखरीमा

हराइरहेकी महिलाको शव पोखरीमा

जलेश्वर, । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईनकी पत्नी २२ वर्षीया रुक्साना खातुन गत शुक्रबारदेखि घरबाट हराएकी थिइन् ।

उनी घरबाट हराएपछि परिवारले प्रहरी चौकीमा गरेपछि उनको खोजी भइरहेकोे थियो । शव घर नजिकैको पोखरीमा तैरिइरहेको अवस्थामा फेला पारिएको हो । पानीमा चार दिनसम्म ढाडिएकाले शवको घाउखत स्पष्ट नदेखिएको र शङ्कास्पद मृत्यु भन्दै प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.