भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

हल्दिबारीमा निःशुलक खानेपानी वितरण

हल्दिबारीमा निःशुलक खानेपानी वितरण

झापा । हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

१० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ’, उनले भने । यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा एक सय २० तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ । गाउँपालिकाले विपन्न स्थानीयवासीलाई धाराको मिटर निःशुल्क वितरण गरेको छ ।

गाउँपालिकाले सात सय ५६ मिटर खरिद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिए । हल्दिबारीमा हाल तीन खानेपानी आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.