भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हाइ-इन्ड फिचरका साथ रेडमी नोट १० सिरिज सार्वजनिक, यस्तो छ मुल्य

हाइ-इन्ड फिचरका साथ रेडमी नोट १० सिरिज सार्वजनिक, यस्तो छ मुल्य

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले रेडमी नोट १० सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । नोट सिरिज अन्तर्गत नोट १०, नोट १० एस, नोट १० प्रो र नोट १० फाइभजी गरी ४ फरक मोडल  कम्पनीले सार्वजनिक गरेको हो । यसअघि भित्रिएका नोट सिरिजभन्दा हाइ-इन्ड फिचरका साथ याे सिरिज बजारमा भित्रिएकाे छ । यी मोडलमध्ये नोट १० प्रो आकर्षणको केन्द्रमा रहेको कम्पनीले जनाएकाे छ । याे सिरिजमा ६.६७ इन्च १०८० पी ओएलईडी डिस्प्ले रहेकाे छ । ससमध्ये नोट १० प्रो मा १२० हर्जकाे रिफ्रेस रेट रहेको कम्पनीकाे भनाइ छ ।

mi-note-10

यी माेबाइलमा ८ मेगा पिक्सेलको अल्ट्रावाइड, ५ मेगा पिक्सेलको टेली म्याक्रो र २ मेगा पिक्सेलको डेप्थ सेन्सर दिइएकाे छ । स्मार्टफाेनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा पनि रहेको छ । फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेलको क्यामेरा सेटअप छ ।पड्रागन ७३२ प्रोसेसरका साथ आएको फोन ६ जीबी र ८ जीब र्‍याम तथा ६४ जबी र १२८ जीबी रोम भेरियन्टमा उपलब्ध छ । फोनमा ५०२० एमएएचको शक्तिशाली ब्याट्री दिइएकाे छ । त्यस्तै फास्ट चार्जिङका ३३ वाटको चार्जिङ सिस्टम रहेको छ ।

पावर बटनमै फिङ्गरप्रिन्ट सेन्सर उपलब्ध फोनमा विशेष छुटेको भनेको वायरलेस चार्जिङ हो । अन्य धेरै कम्पनीले वायरलेस चार्जिङ प्रयोगमा ल्याए पनि साओमीले नयाँ फोनमा याे प्रविधि प्रयोगमा ल्याउन सकेन । सार्वजनिक भएका अन्य स्मार्टफोनमध्ये नोट १० फाइभजीमा डाइमेन्सिटी ७०० प्रोसेसर रहेको छ । त्यस्तै नोट १० मा स्न्यापड्रागन ६७८ प्रोसेसर छ । यी दुवै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । त्यस्तै क्रमश: ८ र १३ मेगा पिक्सेलको सेल्फी क्यामेरा सेटअप दिइएकाे छ । कम्पनीले यी फोन ४ जीबी र ६ जीबी र्‍याम अप्सनमा उपलब्ध गराएकाे छ ।

 

त्यस्तै हेलियो जी९५ प्रोसेसर रहेको अर्को फोन नोट १० एसमा ६४ मेगा पिक्सेलको मुख्य क्यामेरा र १३ मेगा पिक्सेलको सेल्फी क्यामेरा सेटअप छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा फास्ट चार्जिङका लागि ३३ वार्ट चार्जिङ सिस्टम रहेको छ । यो फोन ६ जीबी र ८ जीबी र्‍याम तथा ६४ र १२८ जबी रोम भेरियन्टमा आएको छ ।

नेपाली बजारमा चाँडै नै याे सिरिज उपलब्ध हुने अनुमान गरिएकाे छ ।

 बजार मूल्य:

नोट १० फाइभजी नोट १० नोट १० एस नोट १० प्रो
-४+६४ जीबी:
१९९ डलर
-४+१२८ जीबी: २२९ डलर
-४+६४ जीबी:
१९९ डलर
-४+१२८ जीबी:
२२९ डलर
-६+६४ जीबी:
२२९ डलर
-६+१२८ जीबी:
२४९ डलर
-८+१२८ जीबी:
२७९ डलर
-६+६४ जीबी:
२७९ डलर
-६+१२८ जीबी:
२९९ डलर
-८+१२८ जीबी:
३२९ डलर

https://www.techpana.com बाट

 


Thali Mobile Pvt.Ltd.