भक्तपुर । सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवालमने मृत्यु भएको हो ।
ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटामा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरको फालीले घाँटीलगायत शरीरका विभिन्न भागमा काटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
गम्भीर चोट लागेपछि उपचारका लागि मध्यपुर अस्पताल लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

