भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

हारेको झोंकमा आगजनी गर्ने १४८ समर्थक पक्राउ

हारेको झोंकमा आगजनी गर्ने १४८ समर्थक पक्राउ

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पराजित भएपछि आगजनी गर्ने पेरिस सेन्ट जर्मेनका दर्जनौ समर्थक प्रकाउ परेका छन् ।

आइतबार राति पोर्चुगलको लिम्बनमा जर्मन क्लब वायर्न म्युनिखविरुद्धको फाइनलमा १-० ले पराजित भए लगत्तै पेरिसको पार्स डेस प्रिन्सेसमा जम्मा भएका पिएसजीका समर्थकले कारमा आगजनी र तोडफोड गरेका थिए । पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजीविरुद्ध वायर्नका किङ्गस्ले कोम्यानले गोल गरेका थिए ।

पिएसजीको पूर्व खेलाडी कोम्यानले खेलको ५९ मिनेटमा गोल गरेका थिए । खेलमा पिएसजीका नेइमार, केलियन एमबाप्पे र मार्किन्होसको प्रहारलाई वायर्नका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए । आफ्नो टिम फाइनलमा पराजित भएपछि समर्थकहरुले पसलमा पनि तोडफोड गरेको बताइएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.