भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित

ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित

सल्यान । अविरल वर्षाका कारण वागचौर नगरपालिका­ १२ बाफुखोलामा आएको पहिरोले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँ पहिराको उच्च जोखिममा रहेको छ ।

स्थानीयवासी विस्थापित भएर अहिले देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । तीन घर पहिरोले बगाएको र गाउँभरि पहिरो गएकाले घर छाडेर विद्यालयमा बसेका हुन ।

पहिराले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको पीडितले गुनासो गरेका छन् । पहिराले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­ १२ का वडाध्यक्ष दीपककुमार वलीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.