भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित

ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित

सल्यान । अविरल वर्षाका कारण वागचौर नगरपालिका­ १२ बाफुखोलामा आएको पहिरोले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँ पहिराको उच्च जोखिममा रहेको छ ।

स्थानीयवासी विस्थापित भएर अहिले देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । तीन घर पहिरोले बगाएको र गाउँभरि पहिरो गएकाले घर छाडेर विद्यालयमा बसेका हुन ।

पहिराले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको पीडितले गुनासो गरेका छन् । पहिराले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­ १२ का वडाध्यक्ष दीपककुमार वलीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.