भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

वासिङटन, । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ । उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा उहाँले आफ्ना ब्राजिलियन समकक्षीलाई आमन्त्रण गर्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनको सो आमन्त्रणलाई आफूले स्वीकार गरेको र यस भ्रमणबाट दुई देशका बीचमा आवश्यक समझ्दारी निर्माण गर्न र आपसी सहकार्यलाई अघि बढाउन ठूलो सहयोग पुग्ने पनि ब्राजिलका राष्ट्रपति लुलाले बताउनुभएको सो विज्ञप्तिमा जनाइएको छ । उता ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर हिंसात्मक आक्रमणहरु भएका बताइएको छ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि आइतबार राति व्यापक मात्रामा तोडफोड गरेका थिए । उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायतका स्थानमा आक्रमण गरेका थिए । उनीहरुले संसदभवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।

सो तोडफोड र सरकारी कार्यालयमा भएको आक्रमणको विरोध गरिएको छ । साथै सो आक्रमणको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक हजारजना भन्दा पनि बढीलाई पक्राउ गरेको बताएको छ । प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने क्रम जारी नै राखेको छ भने उता प्रदर्शनकारीहरुले विरोध जुलुश निकालिरहेका छन् । यता राष्ट्रपतीय निर्वाचनको विरोधमा हिंसा जारी रहेका बेला यता अमेरिकी राष्ट्रपतिले आफ्ना ब्राजिलियन समकक्षीलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको बताइएको हो ।

 


Thali Mobile Pvt.Ltd.