भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

सिमकोट । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन ।अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुुरू भइरहेको उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.