भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम

हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आज ब्लु डायमण्ड सोसाइटीको आयोजनामा गाईजात्रा विशेष कार्यक्रम गरिएको छ । सोसाइटीले ‘राइट हियर राइट नाउँ’को सहयोगमा हेटौँडा उपमहानगरपालिका–११ शहीद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो । संस्थाले विगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो ।

यस वर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्लाजिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राइट हियर राइट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिए । गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकाले लैङ्गीक तथा अल्पसङ्ख्यकको पहिचानका लागि पनि यो पर्व उचित भएको राईले बताउनुभयो ।

इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उहाँले आफूहरुको पहिचानसँग यो पर्व जोडिएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लैङ्गीक तथा अल्पसङ्ख्यक समुदायका २५ जना सहभागीले स्वास्थ्य मापदण्ड पालना गरी प्लेकार्डसहित गाईजात्रा कार्यक्रम गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.