भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु

लागोस । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका हुन् । सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो ।

त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ विरामी पनि परेका छन् । ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए । अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.