भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

१७ दिनपछि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित सुरुङमा फसेका ४१ मजदुरको सकुशल उद्धार

१७ दिनपछि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित सुरुङमा फसेका ४१ मजदुरको सकुशल उद्धार

एजेन्सी । सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि भारतमा सकुशल उद्धार गरिएको छ । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल भएपछि भारतीय सैनिकले विशेष मेसिनबाट भत्किएको भागमा पाइप पठाएर उद्धार गरेको हो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिदैं उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् । सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकै पहिरो खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्ड सरकारले मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारसहित सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङविज्ञको साथ रहेको जनाएको छ । अहिले उनीहरूको स्वास्थ्यको जाँच भइरहेको छ ।

इञ्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा पठाइरहेका बेला उक्त पाइप फलामका बिम र मेसिनहरुसँग ठोक्किंदा कामदारहरु थुनिएका थिए । उक्त स्थान पुग्न नौ मिटर बाँकी रहँदा बोरिङ मेसिन भाँचिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.