भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

बैतडी । एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ का महेश ओझालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले बताए ।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ । ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरण गरेको आरोप लागेको हो ।

ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन् । बिहीवार राति ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्ती करणी गरेकोभन्दै उनीविरुद्ध ती किशोरीले प्रहरीमा उजुरी दिएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.