बैतडी । एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ का महेश ओझालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले बताए ।
महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ । ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरण गरेको आरोप लागेको हो ।
ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन् । बिहीवार राति ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्ती करणी गरेकोभन्दै उनीविरुद्ध ती किशोरीले प्रहरीमा उजुरी दिएकी छिन् ।
