भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

१ वर्षमा ९ सय मेगावाट बिजुली उत्पादन गरिने

१ वर्षमा ९ सय मेगावाट बिजुली उत्पादन गरिने

काठमाण्डौ । सरकारले आउँदो दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा बिजुलीको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै एक वर्षभित्र नौ सय मेघावाट बिजुली राष्ट्रिय प्रसारणमा थप गरिने बताउनुभयो ।

बजेटमा आयातित इन्धनको परिमाणलाई उल्लेख्यरूपमा घटाउने गरी प्रतिव्यक्ति बिजुली खपत वृद्धि गरी चार सय ५० किलोवाट घण्टा पुर्‍याइने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्रबन्धित एक सय ११ मेगावाटको रसुवागढी, एक सय दुई मेगावाटको मध्य भोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्धित जलविद्युत् र सोलार आयोजना सम्पन्न गरी आउँदो आर्थिक वर्षमा झन्डै नौ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने बजेटमा छ ।

आउँदो आवको अन्त्यसम्म कुल बिजुली उत्पादन तीन हजार छ सय मेगावाट पुग्ने बताइएको छ । रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत् परियोजना, सेती रिभर ६, तल्लो अरुणलगायतका जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइएको अर्थमन्त्री महतले बताउनुभयो ।

बजेटमा सुक्खायामको बिजुली माग सम्बोधन गर्न र जलविद्युत् निर्यात गर्न एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी र छ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उल्लेख छ । मन्त्री महतले सङ्घ, प्रदेश र पालिकाको सहलगानीमा एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण, दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती, एक सय छ मेगावाट क्षमताको जगदुल्ला, ९९ दशमलव नौ मेगावाट क्षमताको तामाकोसी पाँचौँ, ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने बताउनुभयो ।

गएको वर्ष सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ ऊर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.