भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सय वर्षयताकै चीनको औद्योगिक महानगर साङ्घाईमा उच्च गर्मी

सय वर्षयताकै चीनको औद्योगिक महानगर साङ्घाईमा उच्च गर्मी

एजेन्सीँ । सय वर्षयताकै चीनको औद्योगिक महानगर साङ्घाईमा उच्च गर्मी भएको छ । एक सय वर्षमा हिजो सबैभन्दा तातो दिन अभिलेख गरिएको मौसम विज्ञान विभागले जनाएको छ । हिजो साङ्घाईको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा उच्च तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । भारतका केही भागमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । बङ्लादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो महसुस भएको छ ।

थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।
मौसम विज्ञले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्लो हप्ता विगतका रेकर्ड तोडिएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.