भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

२१ औं शताब्दीको उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो 

२१ औं शताब्दीको उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो 

काठमाडौं । २१औं शताब्दीकै उत्कृष्ट खेलाडी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो घोषित भएका छन् । ग्लोब सकर अवार्डमा युएईको दुबईमा आइतबार भएको प्लेअर अफ दि सेन्चुरीक अवार्ड रोनाल्डोले जिते ।  दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे । उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते ।

यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् । ‘धन्यवाद सबैलाई जसले मलाई भोट गर्नुभयो । धन्यवाद मेरो परिवार मेरो आमा र दिदीहरु,’ रोनाल्डोले भने, ‘यो एउटा असाधारण उपलब्धि हो । यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।’ ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो ।

 

 


Thali Mobile Pvt.Ltd.