भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

२७ लाखसहित भक्तपुरको पेप्सीकोलाबाट एकजना पक्राउ

२७ लाखसहित भक्तपुरको पेप्सीकोलाबाट एकजना पक्राउ

भक्तपुर । भक्तपुरको पेप्सीकोलाबाट २७ लाख नगदसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेका छन् ।

सानोठिमितर्फ आउँदै गरेको बा २१ च ३८३९ नं. को कार चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङले उक्त रकम बालकोट बस्ने सुमन घिमिरेले बालकोटस्थित घरमा पुर्‍याउन लगाएको वयान दिएको प्रहरीको भनाई छ ।

दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुर सुर्यविनायक–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरेलाई पनि पेप्सीकोलाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक दिपक गिरीले बताए। घिमिरेको बालकोटस्थित डेरामासमेत तलासी गर्दा १५ लाख ३० हजार रुपैयाँ बरामद गरेको छ। जुवातास खेलाइबाट रकम लिएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.