भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२ करोड ५८ लाख ठगेर कल्सल्टेन्सी सञ्चालक फरार

२ करोड ५८ लाख ठगेर कल्सल्टेन्सी सञ्चालक फरार

काठमाडौं । कनेक्टियर बर्ड कल्सल्टेन्सी प्राइभेट लिमिटेडका सञ्चालक अजित तामाङ र सागर कुमाल फरार भएका छन् । सयौं मानिसलाई विभिन्न देश पठाउने भन्दै २ करोड ५८ लाख ठगी गरी उनीहरू फरार भएको आरोप छ ।

बेलबारी–३ मोरङ घर भई हाल काठमाडौं बस्ने अजित र शिवगन्ज–३ झापा घर भई हाल काठमाडौंमा बस्ने सागर कुमालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वैदेशिक रोजगार विभागबाट गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्नका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा पत्राचारसमेत गरेको छ ।

करोडौं रुपैयाँ ठगी गरी फरार रहेका उनीहरू हालसम्म पक्राउ परेका छैनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले ठूलो समूहलाई ठगी गरी फरार उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।

अजित र सागरको म्यानेजरका रूपमा झापाकै कलादेवी सुवेदीले काम गर्थिन् । उनले नै विदेश जान आउने व्यक्तिहरूसँग कन्ट्याक गर्ने, सम्झौता गर्ने र पैसा बुझ्ने गर्थिन् । उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंमा मुद्दा चलिरहेको छ । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । उनलाई ३ वर्ष कैद र ७० लाख धरौटी तोकेको छ।

 


Thali Mobile Pvt.Ltd.