भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

२ करोड ५८ लाख ठगेर कल्सल्टेन्सी सञ्चालक फरार

२ करोड ५८ लाख ठगेर कल्सल्टेन्सी सञ्चालक फरार

काठमाडौं । कनेक्टियर बर्ड कल्सल्टेन्सी प्राइभेट लिमिटेडका सञ्चालक अजित तामाङ र सागर कुमाल फरार भएका छन् । सयौं मानिसलाई विभिन्न देश पठाउने भन्दै २ करोड ५८ लाख ठगी गरी उनीहरू फरार भएको आरोप छ ।

बेलबारी–३ मोरङ घर भई हाल काठमाडौं बस्ने अजित र शिवगन्ज–३ झापा घर भई हाल काठमाडौंमा बस्ने सागर कुमालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वैदेशिक रोजगार विभागबाट गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्नका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा पत्राचारसमेत गरेको छ ।

करोडौं रुपैयाँ ठगी गरी फरार रहेका उनीहरू हालसम्म पक्राउ परेका छैनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले ठूलो समूहलाई ठगी गरी फरार उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।

अजित र सागरको म्यानेजरका रूपमा झापाकै कलादेवी सुवेदीले काम गर्थिन् । उनले नै विदेश जान आउने व्यक्तिहरूसँग कन्ट्याक गर्ने, सम्झौता गर्ने र पैसा बुझ्ने गर्थिन् । उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंमा मुद्दा चलिरहेको छ । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । उनलाई ३ वर्ष कैद र ७० लाख धरौटी तोकेको छ।

 


Thali Mobile Pvt.Ltd.