भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

३३ जना यात्रु लिएर गुडिरहेको बसमा आगलागी, यात्रु सबै सुरक्षित

३३ जना यात्रु लिएर गुडिरहेको बसमा आगलागी, यात्रु सबै सुरक्षित

काठमाण्डौ । गुडिरहेको बसमा धादिङमा आगलागी भएको छ । ग १ ख ४८४६ नम्बरको बसमा शनिबार आगलागी भएको हो । बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् ।

दमकल र स्थानीयवासीले आगो निभाए पनि बस जलेर खरानी भएको छ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाण्डौ जाँदै गरेको बस धुनिबेसी–९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.