भर्खरै : Sorry, your browser does not support inline SVG.
सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित | इरानसँग सम्झौता नभए पुनः आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी | पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा | रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धान सिफारिस, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक | म्याग्दीको जलजलामा ‘गोठस्टे’ सुरु, पर्यटकका लागि नयाँ हिमाली अनुभव | पाँचथरको च्याङथापूमा पहिरोको त्रास, २६ घर उच्च जोखिममा | दक्षिणी लेबनानमा इजरायलको ठूलो सैन्य कारबाही, हजारौँलाई क्षेत्र खाली गर्न निर्देशन | इरानसँगको वार्तामा ट्रम्प अझै असन्तुष्ट, सम्झौता नभए सैन्य कारबाही दोहोरिन सक्ने संकेत |

६० हजार ९५० बढीले गराए उम्मेदवारी दर्ता

६० हजार ९५० बढीले गराए उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरबाट ६० हजार ९ सय ५० बढीले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोग​ले साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेपनि ढिलो गरी मनोनयन दर्ता भएको हो । साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० बढीले उम्मेदवारी दर्ता गरेको आयोगले जनाउको छ ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ९ सय १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १ हजार ९ सय ४४ जनाले दर्ता गराएका छन् ।

उपप्रमुख पदमा १ हजार १ सय ७३ तथा उपाध्यक्ष पदमा १ हजार ३ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १५ हजार २ सय ८५ जना, महिला सदस्य पदमा ९ हजार ८ सय ९१, महिला दलित सदस्य पदमा ८ हजार ६ सय ९४ र सदस्य पदमा २० हजार ७ सय ३० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैबीच भक्तपुरमा दलहरुले मनोनयन दर्ता गर्दा जे देखियो भिडियोमा हेर्नुहोस्…

 

 


Thali Mobile Pvt.Ltd.